National life

बैंकहरुको चौथो त्रैमासिक वित्तीय विवरण भदौमा मात्र आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
659Shares
बैंकहरुको चौथो त्रैमासिक वित्तीय विवरण भदौमा मात्र आउने
ncell

काठमाडौं। बैंक वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण आगामी महिना भदौ पहिलो सातासम्म प्रकाशन गर्ने भएका छन् ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/ ८१ को आम्दानीको रुपमा बाँध्न पाउने व्यवस्था गरेसँगै चौथो त्रैमासको वित्तीय विवरण भदौमा ल्याउने भएका हुन् ।

हाल बैंक तथा वित्तीय संस्थाहरुले साउन १५ गतेसम्ममा २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने थिए । तर, यो व्यवस्थामा केन्द्रीय बैंकले थप १५ दिनको सुविधा थप गरिदिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल बैंकर्स संघले मौद्रिक नीति निर्माणका क्रममा सुझाव दिंदा साउन ३० गतेसम्म प्राप्त ब्याजलाई आम्दानीमा बाँध्न पाउने व्यवस्था हुनुपर्ने विषयलाई प्राथमिकतामा राख्ने गरेको थियो । केन्द्रीय बैंकले घोषणा गरेको यो सुविधालाई एकदुई दिनमै सर्कुलरमार्फत ल्याउने जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?