National life

रोड टेस्ट गरेर मात्रै ड्राइभिङ लाइसेन्स दिने हो भने दुर्घटना कम गर्न सकिन्छ:गृहमन्त्री लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ वैशाख २०८१, आइतबार
461Shares
रोड टेस्ट गरेर मात्रै ड्राइभिङ लाइसेन्स दिने हो भने दुर्घटना कम गर्न सकिन्छ:गृहमन्त्री लामिछाने
ncell

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट गरेर मात्रै ड्राइभिङ लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आज उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान –२०८१’ को उद्घाटन गर्दै मन्त्री लामिछानेले रोड टेस्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गर्दै उक्त व्यवस्था फेर्नुपर्ने बताएका छन् ।

हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उत्तीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । ‘म त भन्छु रोड टेस्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यो परिपाटी ठिक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ’, गृहमन्त्री लामिछानेले भने

ड्राइभिङ सेन्टरभित्र गरिने सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा चालकहरू दक्ष नहुने उपप्रधानमन्त्री लामिछानेको भनाई छ । ‘रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटीले आज के भएको छ ? स्किल नभएकाले सवारी साधन चलाउँदा धेरै सडक दुर्घटना बढेको छ ।

सुधारको लागि हामीले जरोमा जानुपर्छ । लाइसेन्स दिने प्रक्रियालाई सुधार गरेर जानुपर्छ । त्यसमा निर्मम भएर कडाइका साथ पालना गराउनुपर्ने हुन्छ । सडकमा स्पिड र इगो देखाउनु राम्रो होइन’, लामिछाने भनेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
461SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?