National life

सरकाले आगामी २०८१ साल वैशाख १० र ११ गते लगानी सम्मेलन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
920Shares
सरकाले आगामी २०८१ साल वैशाख १० र ११ गते लगानी सम्मेलन गर्ने
ncell

काठमाडौं । सरकाले आगामी २०८१ साल वैशाख १० र ११ गते लगानी सम्मेलन गर्ने भएको छ। आइतबार राजधानीमा आयोजित एक छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले लगानी सम्मेलनबारे जानकारी दिएका हुन्।

कार्यक्रममा मन्त्री महतले लगानीकर्ताको लगानी सुनिश्चित गर्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सम्मेलनकै लागि सम्मेलन हुँदैन’ मन्त्री महतले भने, ‘यसको उद्देश्य सक्षम लगानीकर्ता समक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने र लगानी प्रतिबद्धतालाई फलोअप गर्ने र रियलाइजेसन गर्ने हो।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विदेशी लगानी भित्र्याउन ‘बिप्पा’ गर्नुपर्ने धारणा राखे। नेपालमा बिप्पा गरौं भन्ने विदेशी लगानीकर्ताको चासो छ’ उनले भने, ‘मिडल इस्टलाई प्राथमिकता दिइएको छैन। त्यताको बढी चासो छ।’

यस्तै, नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले विगतका लगानी सम्मेलनमा गरिएका वाचाहरू पूरा नभएको स्मरण गराए। नेपालले लगानीकर्तालाई आकर्षित थर्न नसक्दा उनीहरु अन्तैको बजारतर्फ आकर्षित भएका उनको भनाई थियो।

‘भारतले सुधार गरिसक्यो। जबकी भारतले ढिलाइ गर्छ भन्ने थियो। सम्मेलन अगाडि नै सुधार गर्नुपर्ने हो’ उनले भने, ‘जग्गाको समस्या ठूलो हो। एउटा मन्त्रालयबाट अर्को जानुपर्ने लामो व्यवस्था छ। चार महिना छोटो समय हो तयारीको लागि। सरकारले गर्ने समन्वय लगानी बोर्डमार्फत होस्। राम्रो कन्सल्ट्यान्टलाई बरु हायर नै गरौं। राम्रो रिपोर्ट दिन सक्नुपर्छ। विश्वव्यापी मान्यता दिने खालको रिपोर्ट चाहिन्छ। त्यसमा लाग्ने खर्चमा हात नबाधौँ।’

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले कसरी लगानी भित्र्याउने भनेर चिन्ता हुनु सकारात्मक भएको भन्दै त्यसका लागि तयारी गर्नुपर्ने बताए। उनले भने, ‘के के गर्न सक्छौं त्यो पनि तयारी गर्नुपर्‍यो। हाम्रो प्राकृतिक स्रोतलाई सदुपयोग गर्नेतर्फ केन्द्रित हौं।

यो समाचार शेयर गर्नुहोस्
920SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?