National life

बैंकिङ कसुरको अपराध बढ्यो, एक वर्षभित्रै काठमाडौंमा ७ हजार १०१ मुद्धा दर्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
666Shares
बैंकिङ कसुरको अपराध बढ्यो, एक वर्षभित्रै काठमाडौंमा ७ हजार १०१ मुद्धा दर्ता
ncell

काठमाडाैं । काठमाडौं प्रहरी ​परिसरले बैंकिङ कसुरको अपराध बढेको जनाएको छ । प्रहरी ​परिसरले आज (सोमवार) २०७९/०८० को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विगतका वर्षभन्दा यो वर्ष बैंकिङ कसूरका अपराध बढेको बताएको हो ।

काठमाडौं प्रहरी परिसरको तथ्याङ्कअनुसार अर्थिक वर्ष २०७८/०७९ मा ३ हजार ७१५ वटा मुद्दा दर्ता भएका थिए । यो आर्थिक वर्षमा ७ हजार १०१ वटा मुद्धा दर्ता भएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो आर्थिक वर्षमा अभद्र व्यवहारका २ हजार ८९४, चोरीका ६४७, ठगीका ४१४, लागु औषधका ३६८, आत्महत्यासम्बन्धी ३५७, महिला तथा बालबालिकासम्बन्धी कसूरका ३२६, सवारी ज्यानसम्बन्धी १८९, कर्तव्य ज्यानका २७ वटा र अन्य अपराधका १ हजार १४१ गरी १३ हजार ४६४ वटा मुद्दा दर्ता भएको प्रहरीका एसएसपी दानबहादुर कार्कीले पत्रकार सम्मेलनमा बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?