National life

नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँड,कसलाई कति पर्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ जेठ २०८०, बुधबार
780Shares
नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ बाँडफाँड,कसलाई कति पर्यो ?
ncell

विदेशमा रहेका नेपाली श्रमिकका लागि जारी नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ आज जेठ २४ गते बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ बजे राखिएको थियो।कम्पनीले गत वैशाख ३१ गतेदेखि जेठ १४ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो आईपीओमा विदेशमा रहेका २० हजार ७९१ नेपाली श्रमिकबाट कुल ६ लाख ८८ हजार ३७० कित्ता सेयर माग भएको थियो। जसमा २० हजार ७८५ आवेदकबाट परेको ६ लाख ८८ हजार १५० कित्ता सेयर सदर भएको छ भने६ आवेदकबाट परेको २२० कित्ता सेयर बदर भएको छ।

यो आईपीओमा १० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने २० हजार ७८५ आवेदक, २० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने १६ हजार ५९५ आवेदक र ३० कित्तादेखि ५०० कित्तासम्म आवेदन दिने ६ हजार १५० आवेदकलाई १०–१० कित्ताका दरले कुल ४ लाख ३५ हजार ३०० कित्ता सेयर बाँडफाँड गरिएको मेगा क्यापिटलले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
780SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?