National life

शेयर बजारमा लगातार गिरावट: कारोबार रकममा भने क्रमिक सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ माघ २०८१, सोमबार
484Shares
शेयर बजारमा लगातार गिरावट: कारोबार रकममा भने क्रमिक सुधार
ncell

काठमाडौँ। साताको दोस्रो कारोबारका दिन शेयर बजार ओरालो लागेको छ। यो सँगै आज बजार लगातार तेस्रो दिन समेत ओरालो लागेको हो । नेप्सेमा गिरावट आए पनि कारोबार रकमले भने सकारात्मकता थपिरहेको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १०.६१ अकंले घटेर २६३३.३२ बिन्दुमा कायम भएको छ।

Royal Enfield
nic asia capital

आज ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ जार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज फाइनान्स समूहको ३.४६ प्रतिशत, विकास बैंक समूहको ०.७२ प्रतिशत, हाइड्रोपावर समूहको ०.३५ प्रतिशतसहित पाँच समूह बढेको छ भने अन्य समूह ओरालो लागेको छ।

आज १०५ कम्पनीको शेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ। आइतबार सर्वाधिक घटेको फाइनान्स सेक्टरको शेयर मूल्य आज भने उचालिएको छ । अधिकांश फाइनान्स कम्पनीको शेयर बढेको हो । बजारमा गिरावट आउँदा सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, धौलागिरी लघुवित्त, नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य सर्वाधिक घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
484SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?