काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १५.४३ अंकले घटेर २ हजार ५४५.४० विन्दुमा झरेको छ।
आज बजारमा १ करोड ९ लाख ६५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब १९ करोड ८९ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ वटा कम्पनीको मूल्य घटेको छ। यस्तै, १२ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बुधबार अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशत, शुभम पावरको ६.४० प्रतिशत, सिभिल बैंक डिबेन्चरको ५.९४ प्रतिशत, वाराही हाइड्रोपावरको ५.७९ प्रतिशत र इग्वा हाइड्रोपावरको ३.६६ प्रतिशतले बढेको छ।
समग्र बजारमा भने बिक्री चाप बढ्दा नेप्से परिसूचक दोहोरो अंकले घटेको हो।

































