National life

बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीको सेयर मूल्य भने बढ्यो

आज बजारमा कुल १ करोड ५१ लाख १ हजार कित्ता सेयर खरिद–बिक्री भएका छन्

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|३१ भदौ २०८३, बुधबार
1.4kShares
बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीको सेयर मूल्य भने बढ्यो
ncell

काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २१.१९ अंकले घटेर २,६१२.४२ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा कुल १ करोड ५१ लाख १ हजार कित्ता सेयर खरिद–बिक्री भएका छन्। ती सेयरको कारोबारबाट कुल ५ अर्ब ३८ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबारको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। कुल २७९ कम्पनीमध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको घटेको छ। त्यस्तै, १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आजको कारोबारमा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ६.३७ प्रतिशतले बढेको छ। हिमाल दोलखाको ५.३१ प्रतिशत, माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको ४.३८ प्रतिशत, कालिका लघुवित्तको ४.३४ प्रतिशत र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ३.५९ प्रतिशतले बढेको छ।

समग्रमा खरिदकर्ताभन्दा बिक्रीकर्ताको दबाब बढेपछि बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?