काठमाडौं । सेयर बजारमा सुधारको क्रम बिहीबार पनि कायम रहँदा नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ।
आजको कारोबारमा सूचक ७.५० अंकले वृद्धि भई २ हजार ५९७.८० विन्दुमा पुगेको हो।
यस दिन कुल ९४ लाख ६९ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
कम्पनीगत प्रदर्शन हेर्दा १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको घटेको देखिन्छ। ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
उच्च वृद्धि हुने कम्पनीहरूमा एनआईबीएल ग्रोथ फण्ड, फर्स्ट माइक्रोफाइनान्स, चिरखुवा हाइड्रोपावर, पियोर इनर्जी र माईखोला हाइड्रोपावर रहेका छन्, जसको सेयर मूल्य उल्लेख्य प्रतिशतले बढेको छ।
त्यसैगरि, सिंगटी हाइड्रो इनर्जीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २४ करोड ७४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सानिमा डिबेन्चरको २३ करोड , एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ७९ लाख, सेन्चुरी डिबेन्चरको १८ करोड ९५ लाख, रिडी पावरको १६ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

































