काठमाण्डौ । साताको पहिलो कारोबार दिन नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.१३ अंक अर्थात् ०.७३ प्रतिशत घटेर २ हजार ५९९.५८ विन्दुमा झरेको छ।
आज नेप्सेमा सूचीकृत ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर किनबेच भएका छन्। दिनभरको कारोबार रकम ३ अर्ब ३२ करोड ३९ लाख रुपैयाँभन्दा बढी रहेको छ। अघिल्लो कारोबार दिन शुक्रबार भने ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२९ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
सोमबार कारोबारमा आएका १३ वटै उपसमूहका सूचक घटेका छन्। सबैभन्दा धेरै हाइड्रोपावर समूह १.१९ प्रतिशतले ओरालो लागेको छ।
त्यस्तै, निर्जीवन बीमा १.१२ प्रतिशत, जीवन बीमा ०.८१ प्रतिशत, वित्त ०.८० प्रतिशत, म्युचुअल फण्ड ०.८० प्रतिशत, अन्य ०.७८ प्रतिशत, बैंकिङ ०.६७ प्रतिशत, लघुवित्त ०.५३ प्रतिशत, व्यापार ०.५० प्रतिशत, विकास बैंक ०.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४६ प्रतिशत र लगानी समूह ०.४१ प्रतिशतले घटेका छन्। होटल समूहमा भने ०.०१ प्रतिशतको सामान्य गिरावट आएको छ।
आज रिलायन्स स्पिनिङ मिल्स सर्वाधिक कारोबार हुने कम्पनी बनेको छ। कम्पनीको १२ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
त्यस्तै, सोलु हाइड्रोपावरको ११ करोड ८८ लाख, साहस ऊर्जाको १० करोड ६५ लाख, रिडी पावरको ९ करोड ४० लाख र एक्सेल डेभलपमेन्ट बैंकको ७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज कारोबारमा आएका कम्पनीमध्ये सर्वोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, धौलागिरी लघुवित्तको सेयरमूल्य ११.९८ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तको ९.१४ प्रतिशत र सयपत्री हाइड्रोको ६.२७ प्रतिशतले बढेको छ। उता, पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.८३ प्रतिशतले घटेको छ।

































