National life

शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

यसरी कायम गरिएको मूल्यको अधिकतम ७० प्रतिशतसम्म मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३२ असार २०८३, बिहिबार
4.6kShares
शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यवस्था बमोजिम शेयर धितो कर्जा (मार्जिन लेन्डिङ) प्रवाहमा नयाँ र लचिलो व्यवस्था लागू गरेको छ । केन्द्रिय बैंकले एक निर्देशन जारी गर्दै अब बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित कम्पनीको सबलताका आधारमा शेयर धितो कर्जाको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले संस्थाको सबलता मूल्याङ्कनका लागि विभिन्न स्पष्ट आधारहरु तय गरेको छ । नयाँ निर्देशन अनुसार, कुनै पनि सूचीकृत कम्पनीको सबलता मापन गर्दा उक्त संस्थाको चुक्ता पुँजीको आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, संस्था नाफामा रहेको अवस्था र लाभांश वितरणको इतिहासलाई मुख्य आधार बनाउनुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका साथै, कम्पनीको क्रेडिट रेटिङ, नियामकीय व्यवस्थाको पालना तथा नियमित रूपमा साधारणसभा सम्पन्न गरे÷नगरेको अवस्थालाई समेत मूल्याङ्कनको आधार बनाउनु पर्ने व्यवस्था गरिएको छ ।

यसरी गरिएको मूल्याङ्कनमा उच्च अंक प्राप्त गर्ने अर्थात् वित्तीय रूपमा सबल देखिएका कम्पनीहरूको शेयर धितोमा प्रदान गरिने कर्जाको कर्जा–मूल्य अनुपातमा थप सहुलियत दिइनेछ । राष्ट्र बैंकका अनुसार यस्ता कम्पनीको हकमा विद्यमान सीमाभन्दा अधिकतम १० प्रतिशत बिन्दुसम्म कर्जाको सीमा बढाउन सकिनेछ । यसले राम्रो वित्तीय विवरण भएका र सुशासन कायम गरेका कम्पनीका शेयरधनीलाई थप कर्जा प्राप्त गर्न सहज हुनेछ ।

यो प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विशेष निर्देशन समेत दिएको छ । अब बैंकहरूले शेयर धितो कर्जा प्रवाह गर्दा अपनाइने मूल्याङ्कन विधि र प्रोडक्ट पेपर अनिवार्य रूपमा आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ । यसले गर्दा लगानीकर्ताहरूले कुन आधारमा कर्जाको सीमा तय भएको हो भन्ने स्पष्ट जानकारी पाउनेछन् ।

हालको विद्यमान व्यवस्था अनुसार, शेयर धितोमा कर्जा प्रवाह गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रकाशित गरेको पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसैलाई आधार मान्ने गरिएको छ ।

यसरी कायम गरिएको मूल्यको अधिकतम ७० प्रतिशतसम्म मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । नयाँ व्यवस्थाले यही ७० प्रतिशतको सीमामा सबल कम्पनीका हकमा थप १० प्रतिशतसम्मको लचकता प्रदान गरेको हो ।

राष्ट्र बैंकको यो नयाँ कदमले शेयर बजारमा सुशासन कायम गरेका र वित्तीय रूपमा बलिया कम्पनीहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । साथै, यसले शेयर धितो कर्जालाई थप सुरक्षित बनाउनुका साथै जोखिमका आधारमा कर्जाको मूल्य निर्धारण गर्ने प्रणालीलाई संस्थागत गर्ने विश्वास लिइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
4.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?