काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ७.१७ अंकले वृद्धि भएर २ हजार ६२९.४० विन्दुमा पुगेको छ।
आज बजारमा ९५ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ। यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स को सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, एनआईसी एसिया सेलेक्ट फन्डको ६.६३ प्रतिशत, माण्डु हाइड्रोपावरको ४.८७ प्रतिशत र सानिमा मिडल तमोरको सेयर मूल्य ४.८५ प्रतिशतले वृद्धि भएको छ।
त्यसैगरि, कृषि बण्डको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५० करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
रिलायन्स स्पिनिङ मिल्स्को ३० करोड ४ लाख, सोलु हाइड्रोपावरको २२ करोड ९८ लाख, शाहस उर्जाको १६ करोड ६९ लाख, सुपर मदी हाइड्रोपावरको १६ करोड २१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
समग्रमा बजार सामान्य अंकले उकालो लागे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ।


































