काठमाडौं । सेयर बजारमा शुक्रबार सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ७.९० अंकले बढ्दै २७३४.६३ बिन्दुमा पुगेको छ।
आज कुल १ करोड ३६ लाख ८३ हजार कित्ता सेयर ६ अर्ब १८ करोड १० लाख रुपैयाँमा किनबेच भएको छ। कारोबारमा १४३ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।
एभरेष्ट कलर लिमिटेडको १४.९९%, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको १४.४६%, सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ६.८२%, खानीखोला हाइड्रोपावरको ५.९३%, झापा इनर्जीको ५.५०%, दरमखोला हाइड्रो इनर्जीको ४.६८% र माथिल्लो मैलुन खोला जलविद्युतको ४.४२% सेयर मूल्य वृद्धि भएको हो ।
यसैगरी, सानिमा बैंक लिमिटेड डिवेन्चरको सर्वाधिक सेयर मूल्य घटेको छ । सानिमा डिवेन्चरको –८.९२% ले सेयर मूल्य घटेको हो । यस्तै, कोर्पोरेट डेभलेपमेन्ट बैंकको –७.३८%, ग्लोबल आईएमई बैंक लिमिटेड डिवेन्चरको ६.१६%, सनराइज ब्लुचिप फण्डको ५.६०% र गरिमा समृद्धि योजनाको ४.८५%ले सेयर मूल्य घटेको छ ।

































