काठमाडौं । सेयर बजारमा लगातार देखिएको गिरावटले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार नेप्से परिसूचक ३५.९२ अंकले घटेर २ हजार ५५८.३५ विन्दुमा सीमित भएको छ।
बजारमा आज १ करोड ३५ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्। दिनभरको कारोबार रकम ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये अधिकांशको सेयर मूल्य घटेको छ। २३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २५२ कम्पनीको मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
बुधबार सर्वोत्तम पेन्ट्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। अप्पर हेवा खोला हाइड्रोपावरको १०.४३ प्रतिशत, एभरेष्ट बैंक डिबेन्चरको ६.०८ प्रतिशत, नबिल डिबेन्चरको ५.६२ प्रतिशत र मेगा म्युचुअल फन्डको सेयर मूल्य ४.२५ प्रतिशतले वृद्धि भएको छ।
समग्र बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचकमा उल्लेख्य गिरावट आएको हो। कारोबार रकम भने ४ अर्ब ७७ करोड रुपैयाँभन्दा माथि कायम भएको छ।

































