National life

लगानीकर्तालाई अर्थमन्त्रीको सन्देश: ‘अफवाह होइन, आधिकारिक सूचनामा विश्वास गर्नुहोस्’

सेयर बजारबारे भ्रम नफैलाउन सरकारको चेतावनी: ‘आत्तिनु पर्दैन, अवस्था सुधारोन्मुख छ’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|०१ साउन २०८३, शुक्रबार
4.7kShares
लगानीकर्तालाई अर्थमन्त्रीको सन्देश: ‘अफवाह होइन, आधिकारिक सूचनामा विश्वास गर्नुहोस्’
ncell

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै बजारबारे फैलिएका अफवाहप्रति सचेत रहन आग्रह गरेको छ । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै जारी गरिएको सन्देशमा हाल सेयर बजारमा देखिएको नकारात्मक प्रवृत्तिबारे सरकार जानकार रहेको उल्लेख गर्दै लगानीकर्तालाई नआत्तिन अपिल गरिएको छ ।

सचिवालयले सरकार गठनयता सेयर बजारमा आएको उतारचढावका कारण लगानीकर्तामा असन्तुष्टि देखिएको स्वीकार गर्दै सम्पत्तिको मूल्य घटेको अनुभूति र भविष्यमा अझ गिरावट आउने हल्लाले आक्रोश बढ्नु स्वाभाविक भएको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यद्यपि, अर्थतन्त्रका आधारभूत सूचकहरू क्रमशः सुधारोन्मुख रहेको दाबी गरिएको छ ।

सन्देशमा पर्याप्त तरलता, घट्दो ब्याजदर र कर नीतिमार्फत लगानी तथा खर्च बढाउने वातावरण सिर्जना गरिएको उल्लेख गरिएको छ । ठूलो आम्दानी हुने करदातालाई आयकरमा छुट दिइएको, राजस्व विवादमा परेकालाई विशेष सहुलियतमार्फत पुनः प्रणालीमा ल्याउने प्रयास गरिएको र समग्र आर्थिक गतिविधि चलायमान बनाउने नीति लिइएको जनाइएको छ ।

सरकार स्थिर रहेको, अनुभवी अर्थमन्त्रीको नेतृत्व रहेको तथा नियामक निकायहरूमा पारदर्शी र सक्षम व्यक्तिहरूको नियुक्ति गरिएको दाबी गर्दै सेयर बजार सुधारका लागि योजनाबद्ध काम भइरहेको पनि सचिवालयले स्पष्ट पारेको छ । बजारमा अवाञ्छित चलखेल गर्ने र नियामक निकायलाई प्रभावमा पार्न खोज्नेहरूलाई अनुसन्धानको दायरामा ल्याइएको समेत उल्लेख गरिएको छ ।

यसैबीच, केही समूहले गलत सूचना फैलाएर बजारमा त्रास सिर्जना गर्ने प्रयास गरिरहेको भन्दै त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरिएको छ । सामाजिक सञ्जाल तथा अनौपचारिक माध्यमबाट फैलाइने सूचनालाई आधिकारिक मान्न नहुने भन्दै लगानीकर्तालाई सत्य तथ्यका लागि सम्बन्धित सरकारी निकायबाट जानकारी लिन सुझाव दिइएको छ ।

सचिवालयले सेयर बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न, अफवाहको पछि नलाग्न र संयमित रूपमा निर्णय लिन आग्रह गर्दै बजारबारे भ्रामक प्रचारबाट सचेत रहन अपिल गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
4.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?