National life

अब आईफोनमा नग्नतासहितको भिडियो कल रोकिने, एप्पलको नयाँ सुरक्षा फिचर परीक्षणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ असार २०८२, सोमबार
703Shares
अब आईफोनमा नग्नतासहितको भिडियो कल रोकिने, एप्पलको नयाँ सुरक्षा फिचर परीक्षणमा
ncell

काठमाडौँ । आईफोनमा अबदेखि नग्नतासहितको फेसटाइम भिडियो कल गर्न नमिल्ने भएको छ । एप्पलले नयाँ अपरेटिङ सिस्टम आईओएस २६ मा प्रयोगकर्ताको सुरक्षाका लागि नग्नता पहिचान गरेर भिडियो र अडियो रोक्ने गर्ने फिचर परीक्षण गरिरहेको छ ।

यो फिचर अहिले डेभलपर प्रिभ्यु भर्सनमा उपलब्ध छ । सामाजिक सञ्जाल एक्समा आई डिभाइस हेल्प नामक प्रयोगकर्ताले सार्वजनिक गरेको विवरण अनुसार फेसटाइम कलका क्रममा नग्नता देखा पर्‍यो भने स्क्रिनमा यस्तो सन्देश देखिनेछ, "तपाईंले केही संवेदनशील कुरा देखाइ रहनुभएको हुन सक्छ ।

Royal Enfield
nic asia capital
अडियो र भिडिओ पज गरिएको छ । यदि तपाईं असहज महसुस गर्नुहुन्छ भने कल अन्त्य गर्नुहोस् ।"

यसपछि प्रयोगकर्तालाई कल काट्ने वा पुनः जारी राख्ने विकल्प दिइन्छ।

यो फिचर सुरुमा बालबालिकाको लागि डिजाइन गरिएको ‘फेमिली टुल्स’ मा समावेश थियो । हाल डेभलपर भर्सनमा सबै प्रयोगकर्तामा सक्रिय देखिएको छ । यद्यपि, सेटिङमा यो फिचर बन्द वा सुचारु गर्न सकिने जनाइएको छ । तथापि अफ गरेको अवस्थामा पनि यो फिचरले काम गरिरहेको छ । यसले प्रणालीमा केही कमजोरी रहेको संकेत दिएको छ ।

यसले गोपनीयता सम्बन्धी बहस पनि बढाएको छ । तर एप्पलका अनुसार नग्नता सम्बन्धी विश्लेषण डिभाइसभित्रै मसिन लर्निङ प्रविधिबाट हुन्छ । कम्पनीले प्रयोगकर्ताको भिडिओ सामग्री हेर्ने वा त्यसमा पहुँच राख्ने दाबी गरेको छैन ।

आईओएस २६ को पब्लिक बेटा भर्सन यही महिना र अन्तिम संस्करण सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ । कस्तो खालको नग्नता देखिँदा कल रोकिन्छ भन्ने भने अहिले स्पष्ट भइसकेको छैन तर परीक्षणका क्रममा एप्पलले यस्ता पक्षहरूलाई थप परिष्कृत गर्ने देखिन्छ।

यो समाचार शेयर गर्नुहोस्
703SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?