National life

१२८ जीबी स्टोरेजसहितको रियलमी नार्जो एन–५३ स्मार्टफोन १८ हजार रुपैयाँमा नै उपलब्ध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
660Shares
१२८ जीबी स्टोरेजसहितको रियलमी नार्जो एन–५३ स्मार्टफोन १८ हजार रुपैयाँमा नै उपलब्ध
ncell

काठमाडौं । लोकप्रिय मोबाइल ब्राण्ड रियलमीले आकर्षक मूल्यमा नयाँ स्मार्टफोन बजारमा ल्याएको छ । कम्पनीले ६ जीबी ¥यामसहित १२८ जीबी स्टोरेज भएको स्मार्टफोन ‘नार्जो एन–५३’ १८ हजार ९९९ रुपैयाँमा नै उपलब्ध गराएको हो । साथै, ४ जीबी ¥याम र ६४ जीबी स्टोरेज भएको रियलमी नार्जो एन–५३ स्मार्टफोन १५ हजार ९९९ रुपैयाँमा नै उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

रियलमी नार्जो एन–५३ रियलमीको नार्जो लाइनअपमा एक प्रभावशाली मोडलको रुपमा थपिएको कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जेन एन प्रयोगकर्ताहरूलाई लक्षित गरेर डिजाइन गरिएको यो नार्जो एन–५३ ले शक्ति, पर्फर्मेन्स र स्टाईलको उच्चतम सन्तुलन प्रदान गर्ने कम्पनीको दाबी छ ।

रियलमी नार्जो एन–५३ नेक्स्ट जेन क्विक्, नेक्स्ट जेन सिक, युनिसोक टाइगर टि–६१२ अक्टा–कोर प्रोसेसर युक्त रियलमी नार्जो एन–५३ एक अतुलनीय पावरहाउस रहेको कम्पनीले जनाएको छ ।

एण्ड्रोइड १३ मा आधारित रियलमी युआइ सफ्टवेयरमा चल्ने यस नार्जो एन–५३ मा हरेक काम सहज रुपमा सम्पन्न हुने भएकोले यो फोनले एक वास्तविक पावरहाउसको अनुभुति दिन्छ ।

यो संयोजनले एफिसिएण्ट मल्टिटास्किब गर्ने क्षमता प्रदान गर्दछ । जसले गर्दा मोबाइल एप र एक्टिभिटिहरुबीच सजिलै स्विच गर्न सकिने कम्पनीको भनाइ छ ।

४६ जीबी एलपिडिडिआर ४ एक्स ¥याम भएकोले नार्जो एन–५३ मा सिमलेस मल्टिटास्किबको लागि पर्याप्त मेमोरी छ । त्यस्तै यसमा भएको ६४/१२८ जीबी स्टोरेजलाई २ टीबी सम्म बढाउन सकिने हुनाले मिडिया, गेमहरू लगायत अन्य फाइलहरू स्टोर गर्न पर्याप्त स्पेस हुने कम्पनीको भनाइ छ ।

एन–५३ को एआई लेन्सवाला ५० एमपी प्राईमेरी रियर क्यामेराको इमेज क्वालिटी पनि अत्यन्तै उत्कृष्ट रहेकोले क्लियर र आकर्षक तस्बिरहरु खिच्न सकिने कम्पनीको दाबी छ । स्मार्टफोनमा ८ एमपी टियरड्रप नच फ्रन्ट क्यामेरा उपलब्ध छ ।

यो समाचार शेयर गर्नुहोस्
660SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?