National life

एआई पूर्वाधार विस्तारका लागि अलिबाबाले हङकङमा ठूलो शेयर निष्कासन गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२७ दिन अगाडि|०७ भदौ २०८३, आइतबार
2.3kShares
एआई पूर्वाधार विस्तारका लागि अलिबाबाले हङकङमा ठूलो शेयर निष्कासन गर्दै
ncell

काठमाडौं । विश्वव्यापी रूपमा कृत्रिम बुद्धिमत्ता प्रविधिको प्रतिस्पर्धा तीव्र भइरहेका बेला चिनियाँ प्रविधि कम्पनी अलिबाबाले एआई क्षेत्रमा थप ठूलो रकम खन्याउने तयारी गरेको छ। कम्पनीले हङकङमा नयाँ शेयर निष्कासनमार्फत करिब ८० अर्ब हङकङ डलर अर्थात् १०.२ अर्ब अमेरिकी डलर जुटाएर एआई पूर्वाधार र प्रविधि विकासमा लगानी गर्ने योजना अघि सारेको हो।

हाङजाउमा मुख्यालय रहेको अलिबाबाले पछिल्लो समय एआई प्रविधिमा ठूलो लगानी गर्दै आएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीका अनुसार नयाँ शेयर निष्कासनबाट प्राप्त हुने सम्पूर्ण रकम एआईसम्बन्धी पूर्वाधार विकास र एआई प्रविधिको पूर्ण क्षमतायुक्त प्रणाली निर्माणमा प्रयोग गरिनेछ।

कम्पनीले विश्वव्यापी एआई बजारमा आफ्नो नेतृत्व थप बलियो बनाउने उद्देश्यले शेयर निष्कासन गर्न लागेको जनाएको छ। एआई क्षेत्रमा लगानी विस्तार गरिरहँदा त्यसबाट शेयरधनीले कस्तो प्रतिफल पाउने भन्ने विषयमा भने चासो देखिँदै आएको छ।

अलिबाबाले हालै सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको कुल आम्दानी करिब २६९ अर्ब युआन पुगेको छ। अमेरिकी डलरमा यो रकम करिब ४० अर्ब बराबर हुन्छ। विश्वभर एआई प्रविधिको प्रयोग र माग बढ्दै जाँदा कम्पनीका एआईसँग सम्बन्धित उत्पादन तथा सेवाको मागमा समेत वृद्धि भएको अलिबाबाले जनाएको छ।

अलिबाबा आफ्नै खुला स्रोत एआई मोडेल ‘क्वेन’ का कारण पनि चर्चामा छ। कम्पनीका अनुसार उक्त एआई मोडेल विश्वका विभिन्न देशका विकासकर्तामाझ प्रयोग तथा लोकप्रियता बढाउँदै गएको छ।

एआई प्रविधिमा विश्वव्यापी प्रतिस्पर्धा तीव्र भइरहेका बेला अलिबाबाले पूर्वाधारदेखि आफ्नै एआई प्रणालीको विकाससम्म ठूलो रकम परिचालन गर्ने तयारी गरेको हो। नयाँ शेयर निष्कासनबाट जुट्ने रकमले कम्पनीको एआई रणनीतिलाई थप गति दिने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?