National life
cg eloctronics

सौरभ राजको टिप्पणी : बीआरआई कार्यान्वयनअघि नेपाल-चीन सम्बन्धको श्वेतपत्र जारी गरौँ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
५ दिन अगाडि|०६ मंसिर २०८३, आइतबार
1.6kShares
सौरभ राजको टिप्पणी : बीआरआई कार्यान्वयनअघि नेपाल-चीन सम्बन्धको श्वेतपत्र जारी गरौँ
muktinatha bikash bank

काठमाडौं । ‘एआईको युगमा नेपाल अभियान’का संयोजक तथा भू–राजनीतिक विश्लेषक सौरभ राज पन्तले नेपाल सरकारले चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनलाई अगाडि बढाउनुअघि नेपाल-चीन समग्र द्विपक्षीय सम्बन्धसम्बन्धी श्वेतपत्र जारी गर्नुपर्ने प्रस्ताव गरेका छन्।

पन्तका अनुसार बीआरआई चीनको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय रणनीतिको महत्त्वपूर्ण हिस्सा भएकाले यसलाई केवल पूर्वाधार विकास र आर्थिक सहयोगको कार्यक्रमका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यससँग जोडिएका रणनीतिक, आर्थिक, सुरक्षा तथा भूराजनीतिक आयामहरूको गहन अध्ययन आवश्यक छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

नेपाल दुई ठूला छिमेकी भारत र चीनको बीचमा अवस्थित संवेदनशील भूराजनीतिक अवस्थामा रहेको उल्लेख गर्दै उनले पर्याप्त राष्ट्रिय तयारी, रणनीतिक स्पष्टता र राष्ट्रिय सहमतिबिना बीआरआई कार्यान्वयनमा अघि बढ्दा भारत तथा पश्चिमा मुलुकहरूको रणनीतिक चासो र संवेदनशीलता बढ्न सक्ने बताएका छन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई नेपाल–चीन सम्बन्धको समग्र समीक्षा गरी श्वेतपत्र जारी गर्न आग्रह गरेका छन्।

प्रस्तावित श्वेतपत्रमा नेपाल–चीन कूटनीतिक सम्बन्धको इतिहास, बीआरआईको रणनीतिक प्रभाव, चिनियाँ अनुदान तथा ऋणको अवस्था, व्यापार तथा पारवहन, पूर्वाधार विकास, सीमा सुरक्षा, तिब्बतसँग सम्बन्धित संवेदनशीलता, प्रविधि हस्तान्तरण तथा भारत, अमेरिका र युरोपेली मुलुकहरूसँगको सम्बन्धमा पर्न सक्ने प्रभाव समेटिनुपर्ने उनको भनाइ छ।

त्यसैगरी, चीनसँग विगतमा भएका अनुदान, ब्याजरहित ऋण, सहुलियतपूर्ण ऋण तथा आर्थिक एवं प्राविधिक सहयोग कार्यक्रमहरूको समीक्षा गरी आगामी पाँच वर्षका लागि स्पष्ट विकास साझेदारीको खाका तयार गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारेका छन्।

everest bank

"हामीलाई चीनसँगको सम्बन्ध कमजोर बनाउनु छैन; बरु राष्ट्रिय हित, रणनीतिक स्पष्टता र कूटनीतिक सन्तुलनका आधारमा अझ बलियो बनाउनु छ। कुनै पनि विकास साझेदारीमा प्रवेश गर्नुअघि त्यसको आर्थिक लाभ, रणनीतिक प्रभाव र दीर्घकालीन दायित्वबारे राष्ट्रिय स्पष्टता आवश्यक हुन्छ," पन्तले भने।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?