काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।
डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र परियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सोही जिल्लाको तत्कालीन दुनै गाविसमा हुँदै नभएको दुर्गा प्राथमिक विद्यालय खडा गरी भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको दाबी छ। सो विषयमा उजुरी परेपछि अख्तियारले स्थलगत रूपमा अनुसन्धान गरेको थियो।
तर, दुनै गाविस वडा २ र ३ मा कुनै पनि विद्यालय सञ्चालन नरहेको जानकारी भएपछि। शान्ति तथा पुन निर्माण मन्त्रालयबाट पनि कुनै रकम नआएको र भवन पनि नबनेको अनुसन्धानमा पत्ता लागेको अख्तियारले उल्लेख गरेको छ ।
उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसूरमा सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम उक्त ऐनलको उपदफा ९१० को देहाय ९ङ० र दफा ३ उपदफा ९१० देहाय ९घ० बमोजिम कैद सजाय र बिगो माग दाबी गरिएको छ ।


































