National life

अध्यागमनमा नयाँ डिजिटल प्रणाली सुरु, सेवा पारदर्शी हुने अपेक्षा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०७ जेठ २०८३, बिहिबार
1.5kShares
अध्यागमनमा नयाँ डिजिटल प्रणाली सुरु, सेवा पारदर्शी हुने अपेक्षा
ncell

काठमाडौं । अध्यागमन विभागले सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउने उद्देश्यले ‘डिजिटल टाइम कार्ड’ प्रणाली कार्यान्वयनमा ल्याएको छ।

बिहीबार विभागमा आयोजित एक कार्यक्रममार्फत उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो। यसले सेवाग्राहीले आफ्नो आवेदनको प्रगति र अनुमानित समयबारे वास्तविक समयमा जानकारी पाउन सक्ने व्यवस्था गर्नेछ।

सरकारले १३ चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदामध्ये सार्वजनिक सेवामा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्ने लक्ष्यअनुसार यो व्यवस्था अघि बढाइएको विभागले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार नयाँ प्रणाली लागू भएपछि सेवा प्रक्रियाका प्रत्येक चरणलाई अनलाइन रूपमा ट्रयाक गर्न सकिनेछ। साथै सेवाग्राहीले बारम्बार काउन्टरमा सोध्नुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ।

डिजिटल टाइम कार्डमार्फत आवेदनको स्थिति जाँच, कार्य सम्पन्न हुने अनुमानित समयको जानकारी, तथा आवश्यक प्रक्रिया अनलाइनमार्फत नै हेर्न सकिने व्यवस्था गरिएको छ।

विभागले यो प्रणालीले सेवा प्रवाह छिटो, जिम्मेवार र तथ्याङ्कमा आधारित बनाउने विश्वास व्यक्त गरेको छ। साथै क्युआर कोड स्क्यान गरी प्रतिक्षालयमै बसेर सेवा ट्रयाक गर्न सकिने तथा विभागको वेबसाइटमार्फत पनि जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

नयाँ प्रणालीले कार्यालयतर्फ जवाफदेहिता बढाउने र नागरिकको विश्वास मजबुत बनाउने अपेक्षा गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?