काठमाडौं । एकैपटक ६८ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार, सरुवा भएका उपसचिवहरूलाई विभिन्न विभाग, कार्यालय तथा मन्त्रालयमा जिम्मेवारी तोकिएर सरुवा गरिएको हो ।
यस सरुवामार्फत ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा, मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख जीवनाथ ढकाल र आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत राजुप्रसाद प्याकुरेल समेत अर्थ मन्त्रालयमा सरुवा भएका छन्। सरुवा प्रक्रिया नियमित प्रशासनिक व्यवस्थापन अन्तर्गत गरिएको हो।
नयाँ पदस्थापनपछि सम्बन्धित उपसचिवहरूले शीघ्र कार्यभार सम्हाल्ने तयारी गरेका छन्। मन्त्रालयले सरुवा निर्णय कार्यसञ्चालनको प्रभावकारिता वृद्धि गर्न र आन्तरिक प्रशासनलाई सुदृढ बनाउने उद्देश्यसाथ गरिएको स्पष्ट पारेको छ।






































