काठमाडौँ । विपक्षी दलका सांसदहरूको निरन्तरको अवरोध र नाराबाजीका बिचमा समेत सरकारले प्रतिनिधि सभामामा सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।
जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसयता सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै कांग्रेसले संसदमा अवरोध जारी राखेकाले नीति तथा कार्यक्रममा छलफल हुन सकेको थिएन ।
आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा समेत कांग्रेस सांसदहरूले निरन्तर रूपमा नाराबाजी जारी राखेका थिए।
नाराबाजीकै बिच सरकारले नीति तथा कार्यक्रममा छलफल गरी पास गरेको छ ।

































