आई. एम. ई. लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट“ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड जितेको छ ।
होटल र्याडिसनमा आयोजित सो समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का र वित्तविभाग प्रमुख जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गर्नुभएको थियो ।
यस अवार्डले कम्पनीले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहीपन र संस्थागत सुशासनमा आधारित व्यवस्थापनको अभ्यासको कदर गरेको कम्पनीले जनाएको छ । कम्पनीले विगतदेखि नै सहभागितामुलक, समावेशी र उत्तरदायी कार्यसम्पादन गर्दै पारदर्शी सूचना सम्प्रेषण र वित्तीय अनुशासनमा विशेष ध्यान दिँदै आएको छ ।
यस उपलब्धिको लागि कम्पनीले नियामनकारी निकाय, बीमित, सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरेको छ । यस सम्मानले कम्पनीलाई अझ प्रभावकारी र जिम्मेवार जीबनबीमा कम्पनीको रूपमा अघि बढ्न प्रेरणा दिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।


































