National life
cg eloctronics

आगामी वर्षको बजेट कार्यान्वयनमा सबै पक्षको साथ सहयोग जरुरी छ: अर्थमन्त्री पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ असार २०८२, शुक्रबार
585Shares
आगामी वर्षको बजेट कार्यान्वयनमा सबै पक्षको साथ सहयोग जरुरी छ: अर्थमन्त्री पौडेल
ncell

काठमाडौँ । बजेट कार्यान्वयनका लागि यो वा त्यो क्षेत्र नभएर सम्पूर्ण क्षेत्रले सहयोग गर्नुपर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

आज बिहान नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजनामा भएको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले  २०८२–८३ को बजेट सार्वजनिक पश्चात् सकरात्मक प्रतिक्रिया आएको भन्दै यसलाई कार्यान्वयन गर्न सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखेका छन् । उनले जलविद्युतको उत्पादनलाई प्रमोट गर्न उपयुक्त नीति लिने काम अर्थ मन्त्रालयले नै गरेको बताउँदै हामीले उत्पादन गरेको बिजुली कहाँ जान्छ भन्ने कुरा बुझ आवश्यक रहेको धारणा राखेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थमन्त्री पौडेलले सबै क्षेत्रका नियामक निकायको भूमिका पारदर्शी र प्रभावकारी  हुनुपर्ने भन्दै लगानीकर्ताको इक्विटी पनि डुब्न दिन नहुने कुरामा सरकार अडिग रहेको बताएका छन्। सरकार उत्पादन र खपत हुने काममा लागेको बताए।

त्यस्तै, अर्थमन्त्री पौडेलले फरक प्रसङ्गमा बोल्दै विद्युतको खपत बढाउन ईभीको करलाई स्थिर राखिएको बताएका छन् । उनले बजेट मार्फत नेपालको ऊर्जा खपत बढाउनको लागि विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गरेको बताएका हुन्।

मन्त्री पौडेलले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको बताएका छन्।  अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयन समेत जिम्मेवारी रहेको बताए। आगामी वर्षको बजेट कार्यान्वयनको तयारी गरिरहेको बताए।

बजेटमा टेक एन्ड पेको विषयमा अन्योल भएपनि स्पष्ट पारेसँगै बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादक लगायत सबै सन्तुष्ट रहेकाले ठिक हुँदै गएको बताएका छन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?