काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्।
आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । प्रधानमन्त्री ओलीले स्पेनमा भएका प्रगतिको र समसामयिक राजनीतिक गतिविधिका बारेमा सदनलाई जानकारी दिने सचिवालयले जानकारि दिएको छ ।
आज बस्ने बैठकमा निजामतीको सेवा विधेयकमा भएको छेडखानी छानबनि गर्न आज संसदीय समिति घोषणा हुँदैछ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट २ वर्षे ‘कुलिङ पिरियड’को व्यवस्था राखि पठाएको विधेयक ‘सो प्रावधान निष्प्रभावी’ हुनेगरी पारित गरिएको थियो।
त्यस्तै, सत्तारुढ दलहरुले दबाबपछि शनिबार सभामुख देवराज घिमिरेसहित दलका प्रमुख सचेतकहरूको बैठकले यसबारे छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको थियो।
समितिमा नेपाली कांग्रेस र एमालेबाट दुई/दुई तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक/एकजना सदस्य रहनेछन् ।


































