National life
cg eloctronics

आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयकमाथि छलफल हुने, यस्तो छ कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ वैशाख २०८२, मङ्गलबार
490Shares
आजको प्रतिनिधिसभा बैठकमा तीन विधेयकमाथि छलफल हुने, यस्तो छ कार्यसूची
ncell

काठमाडौँ। संघीय संसद भवन, नयाँ बानेश्वरमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। आजको बैठकमा तीन महत्वपूर्ण विधेयकमाथि छलफल र पारित गर्ने प्रस्तावहरू समावेश गरिएको छ।

कार्यसूची अनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट प्राप्त ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको भन्सार विधेयक, २०८०’ माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने तयारी भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले ‘कानुन, न्याय तथा मानव अधिकार समिति’को प्रतिवेदनसहितको ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि छलफल र पारितका लागि प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?