National life

आजदेखि एनआइसी एसिया बैंकको ऋणपत्र बिक्री खुला, कसरि दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ चैत २०८१, सोमबार
938Shares
आजदेखि एनआइसी एसिया बैंकको ऋणपत्र बिक्री खुला, कसरि दिने आवेदन ?
ncell

काठमाडौं । एनआइसी एसिया बैंकको ऋणपत्र आजदेखि (चैत २५ गते सोमबार) बिक्री खुला भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गर्न गरेको हो ।

त्यसमध्येमा ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गरिनेछ । सर्वसाधारणलाई जारी हुने इकाईबाट ५ प्रतिशत अर्थात १ लाख इकाई भने म्युचुअल फन्डलाई छुट्याइएको बैंकले उल्लेख गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले १० वर्ष अवधि भएको ‘७५ एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गरेको हो । यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

यो डिबेन्चरमा चैत २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने वैशाख ८ गतेसम्म भर्न सकिन्छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
938SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?