National life

आजपनि टुङ्गो लागेन विद्यालय शिक्षा विधेयक,सरकारले माग्यो फेरि थप समय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
528Shares
आजपनि टुङ्गो लागेन विद्यालय शिक्षा विधेयक,सरकारले माग्यो फेरि थप समय
ncell

काठमाडौँ। शिक्षक महासंघको मागलाई देखाएर अन्तिम समयमा विद्यालय शिक्षा विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पास गर्नमा अल्झिलिएको छ ।

शिक्षा विधेयक निर्धारित समयमा नभए पनि पास नभएको खण्डमा आफूहरूले आन्दोलन चर्काउने शिक्षक महासंघको भनाई सार्वजनिक भएश्चात शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्न थप समय माग गरेका छन् ।

शिक्षा समिति बैठकमा बोल्दै मन्त्री पन्तले केही विषयमा कुरा नमिलेको भन्दै थप समय माग गरेका हुन् ।मन्त्री पन्तले सत्ता गठबन्धनमा छलफल गर्न बाकी रहेको र एक दुई वटा विषयमा कुरा नमिलेको भन्दै ढिला हुन गएकोमा क्षमा मागेका छन्।

Royal Enfield
nic asia capital

यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेकाले मन्त्रीले समय मागेका हुन्।

शिक्षकलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने सहमति उल्टाएर शतप्रतिशत आन्तरिक गर्ने चलखेल भएको भन्दै सांसदहरूले आशंका गरेका छन् । मन्त्री पन्तले ६०/४० को व्यवस्थामा शिक्षक नमानेका कारण थप समय आवश्यक रहेको जिकिर गरे ।उनले शिक्षक आन्दोलनमा नजाने गरी समाधान खोजी भइरहेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?