National life
cg eloctronics

आज दुई वटा संसदीय समितिको बैठक बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
494Shares
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
ncell

काठमाडौँ । आज आइतबार दुई वटा संसदीय समितिको बैठक बस्दै छन्। संघीय संसद् सचिवालयका अनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायक समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।

त्यस्तै, प्रत्यायोजित समितिको बैठक सिंहदरबारमा बिहान साढे ११ बजे सुरु हुनेछ।  उक्त बैठकमा असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, मन्त्रालयसँग सम्बन्धित आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा व्यक्त सरकारी आश्वासनहरू र विविध विषयमा छलफल हुने गरी एजेन्डा तय गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, यस्तै साढे ११ बजे नै बस्ने सरोकार समितिको बैठकमा वित्तीय संघीयता कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएका कामकारबाही, आयोगका सिफारिस र सोको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुने गरी एजेन्डा तय गरिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?