काठमाडौँ । पुस २ गते मंगलबारका दिन आज नेप्सेमा सूचीकृत २ हाइड्रोपावरको वार्षिक साधारण सभा बस्ने भएको छ । आज एसियन हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको साधारण सभा बस्न लागेको हो ।
यी दुवै कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेका छैनन् । एसियन हाइड्रोपावरको वार्षिक साधारण सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा दिउँसो १२.३० बजेबाट सुरु हुने भएको छ।
साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि संस्थाले मंसिर १९ गते बुक क्लोज गरिसकेको छ ।
त्यस्तै,सामलिङ्ग पावर कम्पनीको वार्षिक साधारण सभा पनि द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान साढे १० बजेबाट सुरु हुने भएको छ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते गरिसकेको छ ।
































