National life
cg eloctronics

आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ असार २०८२, मङ्गलबार
565Shares
आज प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
ncell

काठमाडौं। आज संघीय संसद्का दुवै सदनका बैठक बस्दैछन् । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक र सवा एक बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ।

आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजको बैठकमा लेखासमितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने र सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

साथै, आज राष्ट्रिय सभाको बैठक सवा एक बजे बस्दैछ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभाबाट सन्देसहित प्राप्त ‘संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?