National life

आधा दर्जन बैंकको अर्धवार्षिक वित्तीय विवरण : नाफामा सुधार , एनपीएलले थप्यो चिन्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१४ माघ २०८२, बुधबार
1.3kShares
आधा दर्जन बैंकको अर्धवार्षिक वित्तीय विवरण : नाफामा सुधार , एनपीएलले थप्यो चिन्ता
ncell

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) को वित्तीय विवरण सार्वजनिक गर्ने क्रम जारी रहेको छ। हालसम्म ६ वटा वाणिज्य बैंकले आफ्नो अर्धवार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सार्वजनिक विवरणले बैंकिङ क्षेत्र क्रमशः सुधारोन्मुख बन्दै गएको तथ्यांकमा उल्लेख छ ।

सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरूको नाफा पहिलो त्रैमासको तुलनामा तथा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा सुधार भएको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ब्याजदर स्थिर हुँदै जानु, निक्षेपको लागत घट्नु तथा कर्जा विस्तारमा क्रमशः गति आउनुले बैंकहरूको आम्दानीमा सकारात्मक प्रभाव पारेको देखिन्छ। विशेषगरी खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा केही बैंकहरूले उत्साहजनक प्रगति गरेका छन्, जसका कारण समग्र नाफा सुधारिएको हो।

तर नाफामा सुधार देखिए पनि बैंकिङ प्रणालीभित्रको अर्को महत्त्वपूर्ण सूचक भने चिन्ताको विषय बन्दै गएको छ। सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरूको खराब कर्जा (निष्क्रिय कर्जा–एनपीएल) अनुपात बढ्दो क्रममा देखिएको छ। अघिल्लो त्रैमासको तुलनामा केही बैंकहरूको एनपीएल उल्लेख्य रूपमा बढ्दा कर्जा गुणस्तरमा दबाब बढेको संकेत मिलेको छ।

खराब कर्जा बढेसँगै बैंकहरूले इम्पेरमेन्ट चार्ज (कर्जा नोक्सानी व्यवस्था) मा बढी रकम छुट्याउनु परेको छ, जसले केही बैंकको सञ्चालन मुनाफामा दबाब सिर्जना गरेको छ। यद्यपि पर्याप्त पूँजी आधार, उच्च तरलता स्थिति र नियामकीय मापदण्डअनुसारको कर्जा नोक्सानी व्यवस्थाका कारण बैंकहरूको समग्र वित्तीय स्थायित्व भने जोखिममा नरहेको नर बहादुर थापाले जानकारी दिएका छन् । पूर्व गभर्नर थापाका अनुसार पछिल्लो समय बैंक वित्तीय संस्था माथि नीतिगत प्रहार भइरहेको भए पनि वित्तीय स्थायित्वको सवालमा बैंकहरु जोखिममुक्त नै रहेको आर्थिक भ्वाइसलाई जनाएका छन् ।

हालसम्म विवरण सार्वजनिक गरेका बैंकहरूको पूँजी पर्याप्तता अनुपात नियामकीय सीमाभन्दा माथि नै रहेको छ भने निक्षेप संकलन र कर्जा प्रवाह दुवैमा क्रमिक सुधार देखिएको छ। बैंकहरूले जोखिम व्यवस्थापन, कर्जा पुनर्संरचना र असुली प्रक्रियालाई थप प्रभावकारी बनाउने रणनीति अपनाएको पनि विवरणमा देखिन्छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक विवरणले वाणिज्य बैंकहरूको नाफा र आम्दानीतर्फ सुधारको संकेत गरे पनि खराब कर्जा बढ्दो क्रममा रहेकाले आगामी त्रैमासमा बैंकहरूको कर्जा गुणस्तर व्यवस्थापन र जोखिम नियन्त्रण रणनीति कत्तिको प्रभावकारी हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहने थापाको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?