काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०-८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
जसअनुसार संस्थाले चौथो त्रैमाससम्मको अवधिमा १४ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.४७ प्रतिशतले बढी हो।
यता संस्थाको खुद ब्याज आम्दानीमा भने गिरावट आएको छ । संस्थाले २४ करोड ४७ लाख खुद ब्याज आम्दानी गरेको छ। संस्थाको कुल सञ्चालन आम्दानी भने २९.२३ प्रतिशतले बढेर खुद सञ्चालन मुनाफा २६ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै संस्थाले कर्मचारीका लागि ४ करोड ३८ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च १ करोड १२ लाख रुपैयाँ बराबर गरेको छ। संस्थाको ३५.२४ प्रतिशतले बढेर १६ करोड ३७ लाख रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङ भने १४.७१ प्रतिशतले घटेर ६ करोड ७६ लाख रुपैयाँमा सीमित बनेको छ।
चौथो त्रैमाससम्म संस्थाले ६५ लाख ६६ हजार रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात १.४० प्रतिशतबाट बढेर ३.३१ प्रतिशत कायम भएको छ । संस्थाको प्रतिसेयर आम्दानी९ईपीएस०१५.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७०५.७६ रुपैयाँ, पीई रेसियो ४४.५६ गुणा, र प्रतिसेयर नेटवर्थ १२४.५० रुपैयाँ कायम भएको छ।


































