काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ४.५ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ। संसदमा बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक वृद्धिदर पहिलेभन्दा बढ्ने बताएका हुन्।
उनले यसअघि अर्थतन्त्र दबाबमा रहे पनि निरन्तरको प्रयासपछि अर्थतन्त्र सुधारोन्मुख भएको बताए।
उनले यसअघि ३.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको बताए।
साथै, त्यस्तै ऋणात्मक अवस्थाबाट धनात्मक वृद्धिदर हुने अनुमान गरिएको उनको भनाइ छ। उनले विद्युत्, वित्तीय, बीमा लगायतका क्षेत्रमा उल्लेखनीय सुधार हुने बताए। उनले थप ३३९ मेगावाट बिजुली उत्पादन भएको, पर्यटक आगमन १३ प्रतिशतले बढेर ९ लाख २३ हजार पुगेको र ३.४ प्रतिशतमा मुद्रास्फीति सीमित भएको बताए।


































