काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस वर्ष ४.६१ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त हुने हुन आउने जनाएका छन् ।
तीन प्रदेश मधेश, कोशी र सुदूरपश्चिम बाहेक अन्य सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने पौडेलले जनाएका छन् । साथै अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने समेत उनको भनाई छ ।
फागुन २०८१ सम्म सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको जानकारी दिदै अर्थमन्त्री पौडेलले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषिको योगदान २५.१६ प्रतिशत रहेको जानकारी दिएका छन् ।
त्यस्तै, वित्तीय पहुँच बढेको र सबै स्थानीय तहमा बैंकको शाखा पुगेको मन्त्री पौडेलको भनाई छ ।


































