National life

इँटा भट्टामा मान्छे पोलेको आरोप लागेका कांग्रेस पूर्वसांसद आलमलाई उच्च अदालतद्वारा सफाइ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ जेठ २०८२, बुधबार
454Shares
इँटा भट्टामा मान्छे पोलेको आरोप लागेका कांग्रेस पूर्वसांसद आलमलाई उच्च अदालतद्वारा सफाइ
ncell

काठमाडौँ । बम विस्फोट गरी व्यक्ति हत्याको आरोप लागेका कांग्रेस पूर्वसांसद मोहम्मद आफताब आलमले सफाइ पाएका छन् ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेकोमा उच्च अदालतको वीरगन्ज इजलासले आरोपबाट सफाइ दिएको हो ।

आलमलाई बम बनाउने क्रममा विस्फोट भई घाइते भएका आठ जनालाई  रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

आलमले नै बनाउन लगाएको बम विस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटा भट्टामा जलाएर हत्या गरिएको अनुसन्धानबाट देखिएको छ ।

Royal Enfield
nic asia capital
त्यति बेला प्रहरीले घटनास्थलमा कुनै किसिमको विस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
454SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?