काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरी देवी न्यौपाने निर्विरोध चयन भएकी छन्।
आज (मङ्गलवार) प्रतिनिधि सभाका सचिवको कार्यकक्षमा न्यौपानेले पूर्व सभापति एवं कांग्रेस सांसद रामहरि खतिवडाको प्रस्तावमा सभापतिमा उम्मेदवारी दिएकी थिइन् ।
तर निर्धारित समयसम्म न्यौपानेले मात्र उम्मेदवारी दिएपछि सर्वसम्मत बनेकी हुन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भोलि ३ बजेका लागि बोलाइएको छ। सोही बैठकमा न्यौपाने सभापति भएको घोषणा हुने संसद् सचिवालयले जनाएको छ।






































