काठमाडौँ । आगामी बजेट अघि खानेपानी महसुलमा लगाइएको कर हटाउन दबाब बढेको छ। खानेपानी उपभोक्ता समितिहरूले उठाउने शुल्कमा कर नलिन सरोकारवालाहरूले सरकारसँग औपचारिक रूपमा माग गरेका छन्।
बबरमहलमा आयोजित राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको साधारण सभामा सहभागी प्रतिनिधिहरूले यस्तो माग राखेका हुन्।
महासङ्घका अध्यक्ष खेमराज वलीले गैरनाफामुखी उपभोक्ता समितिहरूले मर्मतसम्भारका लागि उठाउने महसुलमा कर लगाउनु उपयुक्त नभएको बताए।
गत वर्षको बजेटमा यस्तो महसुलमा कर छुट दिइएको भए पनि यस वर्ष पुनः कर लगाउने नीति ल्याइएको भन्दै सहभागीहरूले असन्तुष्टि जनाएका छन्। कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य सुशान्त वैदिक सँग उनीहरूले सरकारसँग पहल गरिदिन आग्रह गरेका थिए।
यसैगरी, राष्ट्रियसभा सदस्य जगत तिम्सिना ले पनि खानेपानी महसुलमा कर छुट दिनुपर्ने आवश्यकता औँल्याउँदै उपभोक्तामैत्री नीति ल्याउन सरकारलाई सुझाव दिएका छन्।


































