National life

एनआईसी एशिया बैंकले राख्यो दुई कम्पनीको सेयर बिक्रीमा, कति पर्छ मुल्य?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ मंसिर २०८१, बुधबार
713Shares
एनआईसी एशिया बैंकले राख्यो दुई कम्पनीको सेयर बिक्रीमा, कति पर्छ मुल्य?
ncell

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको दुई ओटा कम्पनीको संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राखेको छ । बैंकले सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोष(सीआईटी)को सेयर बिक्रीमा राखेको हो ।

सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता र सीआईटीको ५० हजार कित्ता गरी कुल १ लाख १ हजार ८०५ कित्ता सेयर लिलामीमा राखेको जनाएको छ ।

इच्छुक लगानीकर्ताले आगामी पुस ३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता २७७ रुपैयाँ र सीआईटीको ७६३ रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या, प्रतिकित्ता दररेट अंक र अक्षरमा स्पष्टसँग लेख्नुपर्छ ।

दुवै कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने छ। सेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

बोलपत्र आवेदन काठमाण्डौको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, महेन्द्रनगर,पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिने बैकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
713SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?