National life

एनटिसीको प्रबन्ध निर्देशक संगिता सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, ३३ करोड बढि बिगो दाबी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
442Shares
एनटिसीको प्रबन्ध निर्देशक संगिता सहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, ३३ करोड बढि बिगो दाबी
ncell

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

टेलिकमबाट प्रतिस्पर्धाविना नै करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो।

सोही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित उनीहरू विरुद्ध मुद्दा दायर गरेको हो ।

अन्य प्रतिवादीहरूमा सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेम प्रभा राम प्रताप कर्ण, नवल चौधरी लगायत छन् ।

Royal Enfield
nic asia capital
यो मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बिगो दाबी गरिएको छ।

‘नयाँ बिलिङ प्रणालीका लागि टेण्डर आह्वान गर्नुपर्नेमा पुरानै प्रणालीलाई निरन्तरता दिने र प्रतिस्पर्धाविना नै ठेक्का लम्ब्याउने निर्णय गरेको भेटिएपछि आयोगले अनुसन्धान थालेको थियो’।

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?