National life

एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजबाट बिक्री खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ फागुन २०८१, आइतबार
1.3kShares
एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजबाट बिक्री खुला
ncell

काठमाडौं । एभरेष्ट बैंकले आज फागुन १८ गते आइतबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको हो । यसमा वार्षिक ७।५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गरेको छ ।

यस ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने चैत ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १२ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?