National life

एमाले पुनर्गठनको पक्षमा पौडेल, उमेर हद हटाउनु गल्ती भएको टिप्पणी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|०९ जेठ २०८३, शनिबार
1.5kShares
एमाले पुनर्गठनको पक्षमा पौडेल, उमेर हद हटाउनु गल्ती भएको टिप्पणी
ncell

काठमाडौं । नेकपा एमाले सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी पुनर्गठन आवश्यक रहेको धारणा राखेका छन्। शुक्रबार बसेको बैठकको सुरुमै बोलेका उनले वर्तमान राजनीतिक परिस्थिति सिर्जना हुनुमा नेतृत्व तहका निर्णयहरू जिम्मेवार रहेको बताएका हुन्।

विशेषगरी पार्टीभित्र लागू गरिएको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको व्यवस्था हटाइनुलाई उनले कमजोरीका रूपमा उल्लेख गरे। अब पुनः त्यही मापदण्ड लागू गर्दै पार्टीलाई पुनर्गठनतर्फ लैजानुपर्ने प्रस्ताव पौडेलले राखेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विगतका निर्णयबारे समीक्षा गर्दै उनले २३ भदौको घटनाक्रम पनि स्मरण गरेका थिए। जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा युवाको ज्यान गइसकेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै राजीनामा नदिँदा राजनीतिक अवस्था जटिल बनेको पौडेलको भनाइ थियो।

उनले बैठकमा “२३ गते साँझमै राजीनामा दिएको भए अहिलेको राजनीतिक अवस्था सिर्जना हुने थिएन” भन्ने आशय व्यक्त गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?