काठमाडौं । भारत सरकारको लगानीमा संचालित एलआईसी नेपाल इन्स्योरेन्स कम्पनीले यस आर्थिक वर्षको पहिलो ६ महिनामा नाफा वृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्षको पुससम्ममा जम्मा ८ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो भने यसपालि १३ करोड ६६ लाख रुपैयाँ पुर्याउन सफल भएको हो ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आठ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने गत वर्ष ८ अर्ब ७२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।
गत आर्थिक वर्षको पुस महिनमा लाइफ फण्डमा एक खर्ब १ अर्ब रुपैयाँ रहेको कम्पनीले यसपालि ११ अर्ब बढीले वृद्धि गर्न सफल भएको छ ।हाल लाइफ फण्डमा एक खर्ब १३ अर्ब ८० करोड रुपैयाँ रहेको देखिन्छ ।
एलआईसी नेपालमाको वित्तीय विवरणमा कुल दाबी भुक्तानीको संख्या करिब चार अर्ब रहेको थियो । यसपालि पाँच अर्ब २५ करोड रहेको छ ।


































