National life

एलआईसी नेपालले डाक्यो २२ औं साधारण सभा, यस्ता छन् प्रमुख अजेण्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ जेठ २०८१, बुधबार
1.3kShares
एलआईसी नेपालले डाक्यो २२ औं साधारण सभा, यस्ता छन् प्रमुख अजेण्डा
ncell

काठमाण्डौ। लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)ले वार्षिक साधारण सभा डाकेको छ । जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २२ औं वार्षिक साधारण सभा डाकेको हो ।

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांश सम्बन्धी कुनै पनि अजेण्डा प्रस्तुत गरिने छैन ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७९र८० को वासलात ,नाफा

नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८०र८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले आगामी जेठ ३२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?