National life

ओलीले समाजवादलाई चुचे रेल र टावरसँग जोडेर गलत भाष्य निर्माण गरे: भुसाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ भदौ २०८१, शनिबार
437Shares
ओलीले समाजवादलाई चुचे रेल र टावरसँग जोडेर गलत भाष्य निर्माण गरे: भुसाल
ncell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादको भाष्य नै बिगारेको आरोप लगाएका छन् । आज हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले ओलीले समाजवादलाई चुचे रेल र टावरसँग जोडेर गलत भाष्य निर्माण गरेको बताएका हुन् । उनले पपुलिज्मले पनि नेपालको समाजवादलाई विगारेको उनले बताए ।

‘हाम्रो समाजवादको भाष्यलाई सबैभन्दा बढ्ता त ओलीजीले नै बिगार्दिनुभयो । चुच्चे रेल आउँछ, यो काठमाडौंमा दुई वर्षमा आउन्छ, अर्को वर्ष वेणी जान्छ, अर्को वर्ष कहाँ जान्छ भनेर यो चुच्चे रेलसँग, टावरसँग, केसँग–केसँग यो भाष्य बिगार्दिनुभयो,’– उनले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आफू मन्त्री भएको बेला तत्कालीन प्रधानमन्त्री पनि रहेका ओलीले गरेको भाषण स्मरण गराउँदै उनले ‘के रोप्ने हो, कहाँ रोप्ने हो रु कस्तो बिउ रोप्ने रु’ लगायतका कुराहरु बिर्सिएर ओलीले ‘रोपे फलिहाल्छ नि’ भन्ने गरेको सुनाए । उनले प्रधानमन्त्री मुलुकको सबैभन्दा ठूलो शिक्षक रहेको बताउँदै लाखौं जनतालाई एक साथ सही शिक्षा दिन सक्नुपर्ने बताए ।

‘उहाँ (ओली) ले कसरी बिगार्दिनुभयो भाष्य भने, मैले पटक–पटक सुनेको ‘रोपे फलिहाल्छ नी’ भन्नुहुन्थ्यो । के रोप्ने हो, कहाँ रोप्ने हो रु कस्तो बिउ रोप्ने हो रु यी सारा कुरा छोड्दिएर रोपे फल्छ नि रु हाम्रो समाजवादको भाष्य यसरी पनि विग्रियो,’– उनले भने ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?