National life

कर्जा लिएपछि तोकिएको सर्त बमोजिम भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व हाे : राष्ट्र बैंक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
477Shares
कर्जा लिएपछि तोकिएको सर्त बमोजिम भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व हाे : राष्ट्र बैंक
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएपछि तोकिएको सर्त बमोजिम कर्जा भुक्तानी गर्नु ऋणीको कानूनी र नैतिक दायित्व भएको जनाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै यस्तो बताएको हो ।

राष्ट्र बैंकले भनेको छ, ‘कबुल गरेको सर्तको पालना नगरी नियतवश कर्जा नतिर्नु वा बहकाउमा लागेर कृषि कर्जा, सहुलियपूर्ण कर्जा, लघुवित्त कर्जा, कर्जा वा अन्य साना कर्जाको साँवा–ब्याज मिनाहा होला भनेर कर्जा भुक्तानीमा विभिन्न बहानाबाजीमा गर्नु, नाराबाजी गर्नु वा जुनसुकै अवाञ्छनीय गतिविधि गर्नु गैरकानुनी र वित्तीय अनुशानविरुद्धको निन्दनीय कार्य हो ।’

‘कर्जाका रुपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा उपभोग गरेर नियतवश कर्जा चुक्ता नगर्दा कानुनी कारबाही परिने भएकोले पूर्वनिर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्दछ’, सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यदि राष्ट्र बैंकबाट जारी निर्देशन वा प्रचलित नियम–कानुनअनुसार काम–कारबाही नभको भएमा वा कर्जा प्रदान गर्ने संस्थाको कामकारबाहीप्रति कुनै गुनासो भए सोको यथोचित समाधानको पहल गर्नुपर्ने सूचनामा उल्लेख छ ।

वित्तीय ग्राहकको गुनासो व्यवस्थापनका लागि राष्ट्र बैंकमा अलग्गै महाशाखा र गुनासो डेस्कहरुका साथै टोल फ्री नम्बर र अनलाइन गुनासो पोर्टलको समेत व्यवस्था गरिएको सूचनामा जानकारी दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
477SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?