National life

काठमाडौँका यी स्थानमा टेलिकमको सेवा अवरुद्ध हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३२ असार २०८२, बुधबार
442Shares
काठमाडौँका यी स्थानमा टेलिकमको सेवा अवरुद्ध हुने
ncell

काठमाडौँ । नेपाल टेलिकमले ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा सेवा अवरुद्ध हुने जनाएको छ । टेलिकमले त्यस क्षेत्रमा फाइबर तारको मर्मतसम्भार गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द हुने भएको हो ।

टेलिकमका अनुसार असार ३२ गते बुधबार मच्छिन्द्रबहाल, लगनखेल, ताल्छिखेल, पाटन औद्योगिक क्षेत्र, सातदोबाटो चक्रपथभित्र सेवा प्रभावित हुनेछ ।

सूचनाअनुसार मर्मत कार्य चल्ने दिनहरूमा बेलुकी ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म एफटीटीएच अन्तर्गतका टेलिफोन, इन्टरनेट र टिभी सेवाहरू प्रभावित हुनेछन्।

Royal Enfield
nic asia capital

यस्तै साउन १ गते बिहीबार च्यासल, चाकुपाट, ज्वागल, पुलचोक र २ गते शुक्रबार जाउलाखेल, एकान्तकुना खरीबोट, भनीमण्डल, सानेपा, धोबीघाट क्षेत्रमा सेवा प्रभावित हुने सूचनामा उल्लेख ।

निर्धारित समयभन्दा अघि वा पछि पनि सेवा सुचारु नभएमा ग्राहकहरूलाई नेपाल टेलिकमको ग्राहक सेवा केन्द्रको नम्बर १९८ मा वा दूरसञ्चार कार्यालय पाटनको फोन नम्बर ०१-५४२३३६३ मा सम्पर्क गर्न पनि टेलिकमले अनुरोध गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
442SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?