National life

काठमाडौँमा सार्वजनिक स्थानमा धुम्रपान गर्ने १७ जनालाई जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ भदौ २०८२, सोमबार
1.5kShares
काठमाडौँमा सार्वजनिक स्थानमा धुम्रपान गर्ने १७ जनालाई जरिवाना
ncell

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना लिन थालेको छ । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, हालसम्म १७ जनालाई जनही ५०० रुपैयाँका दरले जरिवाना तिराइएको छ ।

उनले जनाएअनुसार साउन मसान्तसम्म जनचेतनामूलक कार्यक्रम मात्रै चलाइए पनि आइतबारदेखि औपचारिक रूपमा कारबाही सुरु गरिएको हो ।

"हिजोदेखि जरिवाना उठाउन थालेका हौं," पाण्डेले भने, "सार्वजनिक स्थलमा धुम्रान गरेको भेटिँदा त्यहीं जरिवाना तिराउने व्यवस्था गरिएको छ ।"

Royal Enfield
nic asia capital

नगर प्रहरीले आइतबार मात्रै ८ हजार ५०० रुपैयाँ बराबरको जरिवाना असुलेको छ । जरिवाना तिर्न नगर प्रहरीसँग क्युआर स्क्यान सुविधा रहेको र स्क्यान गर्न नसक्ने व्यक्तिको जरिवाना उनीहरूले तिरीदिने व्यवस्था गरिएको पनि उनले बताए ।

महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन, २०६८ को कार्यान्वयन गरिएको बताएका छन्।

"ऐन अनुसार सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ प्रयोग गर्न पाइँदैन," काफ्लेले भने, "सार्वजनिक स्थानमा धुम्रपान गर्दा अरू मानिस, विशेष गरी बालबालिका प्रभावित हुने भएकाले महानगरले नियन्त्रणको पहल गरेको हो ।"

उनले सूर्तीजन्य पदार्थ सेवन गर्दा तोकिएको स्थान र विधि अनुसार गर्नुपर्ने स्पष्ट पारे। "हामीले खान नपाउने भनेका होइनौं," उनले भने, "तर सार्वजनिक स्थानमा नखानू भनेका हौं । सुरूमा चेतावनी दिइएको थियो, अब नियम पालना गर्नुपर्छ।"

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?