National life

काठमाडौँले ल्यायो २५ अर्ब ७६ करोडको बजेट (पूर्णपाठ सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असार २०८२, आइतबार
470Shares
काठमाडौँले ल्यायो २५ अर्ब ७६ करोडको बजेट (पूर्णपाठ सहित)
ncell

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाखको बजेट पेश गरेको छ ।

उपमेयर सुनिता डंगोलले नगर सभामा आन्तरिक आय र बैंक मौज्दात गरी २० अर्ब १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन गरिने जानकारी गराएकी हुन्।

संघ र प्रदेश सरकारबाट ४ अर्ब ९८ करोड वित्तीय हस्तान्तरणबाट आएको थियो ।

आर्थिक विकासमा ३ प्रतिशत, सामाजिक विकासमा २० प्रतिशत, पूर्वाधार विकासमा ५१ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित तर्फ १२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

Royal Enfield
nic asia capital

चालु आर्थिक वर्षको लागि काठमाडौंले २४ अर्ब ९० करोड रुपैयाँको बजेट पारित गरेको थियो । बजेट कार्यान्वयनतर्फ असार २५ गतेसम्म १३ अर्ब ३ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । कुल बजेटको ५२.१३ प्रतिशत मात्रै खर्च गरेको हो ।

काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार, सहरी स्वास्थ्य प्रवर्द्धन, ध्वनि प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने, महानगरभित्रका मठमन्दिर संरक्षणका लागि बजेट विनियोजन गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?